लुम्बिनीमा प्रदेश सरकारले पूर्णता पाउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २५, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २५, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन महिनामा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिए ।

“यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौँ, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौँ”, मुख्यमन्त्री चौधरीले भने । उनले प्रदेश सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै दुई लाखलाई रोजगारी दिने र त्यसका लागि रु एक अर्ब छुट्याएको साथै सङ्घबाट पनि सो अपेक्षा राखेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस