विभाजन उन्मुख नेपाल रेडक्रस सोसाइटी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २५, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी विभाजनको सम्मुखमा पुगेका छ । डा.नेत्र तिम्सिना पक्षधरले संस्थामा समानान्तर गतिविधि गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचन गर्न रेडक्रसलाई निर्देशन दिएको थियो । प्रशासनको पत्र अनुसार कार्यकारी निर्देशक उमेश ढकालले २७ र २८ असारमा निर्वाचन हुने गरी मातहतलाई परिपत्र गरेका थिए । निर्वाचनकोे बिरुद्धमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै छ ।

प्रशासनले तोकेको निर्वाचनको मितिलाई कांग्रेस, माओवादी र एकीकृत समाजवादी निकटले समर्थन जनाएका छन् । तर पूर्व अध्यक्ष डा. नेत्र तिम्सिना पक्षधर एकतर्फी निर्वाचन गर्न लागिएको भन्दै विरोधमा उत्रेको छ ।

तिम्सिना पक्षधरले २५ असारमा (सोमबार) निर्वाचन डाकेको छ । तिम्सिनाको तदर्थ समितिमा रहेका महामन्त्री दिपेन्द्र ढकालले वैधानिक तवरले निर्वाचन डाकिएको बताए । ‘अदालतले दिएको अन्तरिम आदेश अनुुसार हाम्रो कार्यसमिति वैधानिक हो । निर्वाचन गराउने अधिकार हाम्रो समितिलाई छ,’ ढकालले । सर्वसम्मत भए आज नै र चुनाव हुने परिस्थिति भए नयाँ कार्यसमिति मंगलबार आउने ढकालले जानकारी दिए ।

जिल्ला र प्रदेशबाट वैधानिक रुपमा प्रतिनिधिहरु भेला भएको तिम्सिना पक्षधरले जनाएको छ । प्रत्येक जिल्लाबाट ३ र प्रदेशबाट २ जना प्रतिनिधि केन्द्रीय निर्वाचनमा सहभागी हुने व्यवस्था छ । सम्मेलन स्काई व्याङक्वेट रामशाह पथमा भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस