‘भ्रष्टाचार अन्त्यको सुरूआतसँगै समाजवाद यात्राको थालनी भएको छ’ : मन्त्री किराती

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २५, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचार अन्त्यको सुरूआतसँगै समाजवाद यात्राको थालनी भएको बताएका छन ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा समाजवादको यात्रा सुरू भएको बताएको हो । उनले आज आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको प्रसंशा गर्दै समाजवादको काम गर्नु पर्ने र भ्रष्टाचारविरूद्धको अभियानदेखि समाजवादको बाटो सुरु हुने बताए ।

उनले नेपाली समाज कस्तो हुने ? नेपाली समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता केके हुने ? नेपाली समाज कसरी बनेको छ । समाजवादमा पुग्न केके गर्नुपर्छ ? नेपालको सांस्कृतिक विशेषताहरूलाई कसरी जीवित राख्ने भनेर उत्तर खोज्न जरुरी भएको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस