काठमाडौं महानगरमा आज शोक बिदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २२, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २२, काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौं १६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो । उनको उपचारको क्रममा बिहीबार निधन भएको थियो ।

तर, यसरी दिइएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् । उच्च ज्वरो र निमोनियाँ देखिएपछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्य २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर हिजो बिहान उनको निधन भएको हो । नेपाली कांग्रेसको काठमाडौं(७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।

ताजा अपडेट

खोजी गर्नुहोस