उपेन्द्र यादव विदेशमै

जसपा नेपाल पार्टी फुट्यो !

  • अनलाइन केन्द्र
  • / जसपा नेपाल /
  • २०८१ बैशाख २३, आईतबार (२ हप्ता अघि)
  • ९९ पटक पढिएको
जसपा नेपाल पार्टी फुट्यो !

बैशाख २३, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपाल विभाजन भएको छ ।

स्वास्थ्यमन्त्री समेत रहेका पार्टी अध्यक्ष उपेन्द्र यादव कार्यक्रमका लागि अमेरिकामा रहेको बेला उनी नेतृत्वको जसपा नेपाल विभाजन भएको हो ।

पार्टीका अर्का नेता अशोक राईको समूहले पार्टी विभाजन गरेर नयाँ पार्टी जनता समाजवादी पार्टी जसपा गठन गर्न लागेका हुन् ।
राई नेतृत्वको नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार नयाँ दल दर्ताका लागि वन तथा वातावरणमन्त्री नवलकिशोर साहु सुडी, नेता प्रदीप यादव, डा वीरेन्द्रप्रसाद महतोलगायत आयोगको कार्यालय पुगेका छन् ।

#जसपा नेपाल पार्टी  #उपेन्द्र यादव

ताजा अपडेट

खोजी गर्नुहोस