प्रदेश सरकार

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

कांग्रेसका सांसदद्धारा सदनमा नाराबाजी
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि)
  • ५७ पटक पढिएको
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

बैशाख २३,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । सभामुख कृष्ण धितालले आइतबार भएको प्रदेशसभाको तेस्रो बैठकमा अधिकारीको पक्षमा ३० मत परेको र सो मत प्रदेशसभाको बहुमत भएको घोषणा गरेका हुन् ।

प्रस्तावको पक्षमा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात, स्वतन्त्र एक गरी ३० सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा दिँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद तटस्थ बसेका छन् ।

चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिनुभएको हो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३० सदस्यलाई बहुमत मानी सरकारले विश्वासको मत पाएको घोषणा भएपछि नेपाली कांग्रेसका सांसदहरूले सदनमा नाराबाजी गरेका छन् । सभामुखलाई तटस्थ मानेपछि ५९ सदस्यमा ३० सदस्य बहुमत भएको सत्तारुढ दलहरूको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस