जसपा नेपाल फुट

अशोक राईको नयाँ पार्टीमा जसपाका सात सांसदसहित ३० केन्द्रीय सदस्य

क–कसले छाडे उपेन्द्रको साथ ?
  • अनलाइन केन्द्र
  • / जसपा नेपाल /
  • २०८१ बैशाख २४, सोमबार (१ हप्ता अघि)
  • १२४ पटक पढिएको
अशोक राईको नयाँ पार्टीमा जसपाका सात सांसदसहित ३० केन्द्रीय सदस्य

बैशाख २४, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालबाट अलगिंदै नयाँ पार्टी गठनका लागि संघीय परिषद् अध्यक्ष अशोक राइले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सात सांसदसहित ३० केन्द्रीय सदस्यको नामावली र पहिलो बैठकको निर्णय राईले आयोगमा बुझाएका छन् ।

राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम जनता समाजवादी पार्टी राखिएको छ । सहअध्यक्ष रेणुकुमारी यादव बनेकी छन् । नवलकिशोर साह, रणध्वज लिम्बू, परशुराम रम्तेल र सुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ । मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ । सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन् ।

नयाँ पार्टीको पहिलो बैठक बसेको माइन्युट पनि आयोगमा पेश गरिएको छ । हस्ताक्षर गरेका सात सांसद आयोग कार्यालयमा पुगेका छन् । डा वीरेन्द्र महतोलाई कोषाध्यक्ष बनाइएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।

#जसपा नेपाल #अशोक राइ

ताजा अपडेट

खोजी गर्नुहोस