नवौ राष्ट्रिय पत्रकारिता दिवस

‘प्रेस तटस्थ, स्वतन्त्र र सबल भए लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ’ : राष्ट्रपति पौडेल

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ बैशाख २४, सोमबार (१ हप्ता अघि)
  • ६१ पटक पढिएको
‘प्रेस तटस्थ, स्वतन्त्र र सबल भए लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ’ : राष्ट्रपति पौडेल

बैशाख २४, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौ राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्वपूर्ण पक्ष भएको बताएका हुन् ।

सूचना प्रविधि र इन्टरनेटको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझै प्रभावकारी ढंगले अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

#नवौ राष्ट्रिय पत्रकारिता दिवस #राष्ट्रपति पौडेल

ताजा अपडेट

खोजी गर्नुहोस