पार्टी फुटको बिद्रोह

अशोक राईको बिद्रोह उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथि धोका : पूर्ण बस्नेत

  • अनलाइन केन्द्र
  • / जसपा नेपाल /
  • २०८१ बैशाख २४, सोमबार (१ हप्ता अघि)
  • ४८ पटक पढिएको
अशोक राईको बिद्रोह उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथि धोका : पूर्ण बस्नेत

बैशाख २४, काठमाण्डौँ । जनता समाजवादी पार्टी जसपा नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई र राजेन्द्र श्रेष्ठले गरेको बिद्रोहलाई उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथिको धोका भनेका छन् । बस्नेतले सोमबार पार्टी विभाजनबारे टिप्पणी गर्दै उहाँहरुको कदमले देश, जनता्, आन्दोलन र अभियान कस्लाई सहयोग पुग्यो भनेर प्रश्न समेत गरेका छन् ।

बस्नेतले अशोक राई र राजेन्द्र श्रेष्ठले उपेन्द्र यादवको कार्यशैलीको कारण पार्टी फुट्यो भनेर लोकरिझ्याइँ गरेको भरमा तमाम पार्टीका कार्यकर्ता र अभियन्ताहरु भ्रमित हुने अवस्था नरहेको भन्दै असन्तुष्टी र स्वार्थको पोको बोकेर कहिँ नपुगिने बताए ।

उनले नेपाली राजनीतिमा वैचारिक, सैद्धान्तिक विमतिबिना पार्टी फुटको अवस्थासम्म पुग्नु कुनै नयाँ घटनाक्रम नरहेको टिप्पणी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस