बर्खे अधिवेशनका बारेमा छलफल

नेकपा एमालेको संसदीय दलको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ६१ पटक पढिएको
नेकपा एमालेको संसदीय दलको बैठक सुरु

बैशाख २८, काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संसद्को बर्खे अधिवेशनमा सांसदहरूले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बसेको हो ।
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने बताए ।

संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदै छ । जसअनुसार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

#नेकपा एमाले

ताजा अपडेट

खोजी गर्नुहोस