एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ जेष्ठ १०, बिहिबार (३ हप्ता अघि)
  • ४८ पटक पढिएको
एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित

जेठ १०, सुनसरी । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् ।

आठौं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको बुधबार सम्पन्न मतगणना परिणामअनुसार प्रतिस्पर्धी खेमराज पोखरेललाई ९६ मतको अन्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले जनाएअनुसार खनालले ३८३ मतसहित जित निकाल्दा प्रतिस्पर्धी पोखरेलले २८७ मत पाए । यसैगरी, उपाध्यक्षमा ३ मतको अन्तरले पर्शुराम यादव विजयी बने । यादवले ३३२ मतसहित जित निकाल्दा प्रतिस्पर्धी नन्द बस्नेतले ३२९ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस