असोज १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका ओली र युनुसबीच भेटवार्ता भएको हो ।
उक्त भेटमा उनीहरूबीच नेपाल–बंगलादेश आपसी सम्बन्ध, ऊर्जा तथा पारवहन सहयोग लगायतका विभिन्न विषयहरूमा कुराकानी भएको बताइएको छ ।