दैवी प्रकोप राहत कोष

कांग्रेसले दैवी प्रकोप राहत कोषमा ५० लाख जम्मा गर्ने

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ आश्विन १३, आईतबार (७ महिना अघि)
  • ८५ पटक पढिएको
कांग्रेसले दैवी प्रकोप राहत कोषमा ५० लाख जम्मा गर्ने

असोज १३, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने निर्णय गरेको प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिएका छन् ।

प्रवक्ता महतले पार्टीले दिने ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरुले १५–१५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका सबै पूर्व घोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा प्रकाशशरण महतले बताए ।

#दैवी प्रकोप राहत कोष

ताजा अपडेट

१५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस