असोज १७, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भुटानको राजधानी थिम्पु प्रस्थान गरेका छन् । आज बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका हुन् ।
भुटानी राजपरिवारको निमन्त्रणामा उनी भुटान भ्रमणमा गएको सचिवालयले जनाएको छ । उनको साथमा छोरी प्रेरणा र भतिजी सितास्मा शाह पनि छन् ।