ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर,५ वर्ष कैद सजाय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ कार्तिक २०, मंगलबार (६ महिना अघि)
  • ९१ पटक पढिएको
ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर,५ वर्ष कैद सजाय

कात्तिक २०,काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो।

उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस