महाबुको अध्यक्षमा एमालेको जीत

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ मंसिर १७, सोमबार (५ महिना अघि)
  • ४३ पटक पढिएको
महाबुको अध्यक्षमा एमालेको जीत

मंसिर १७, काठमाण्डौँ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । उनले ३१२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २६७५ मत प्राप्त गरे । उनीहरूबीच ४५२ मतको अन्तर रह्यो ।

जंगबहादुर शाही यसअघि २०७४ मा पनि एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए। २०५४ मा काँशीकाँध गाविसको उपाध्यक्ष भएका उनी २०७८ मा नेकपा ९एकीकृत समाजवादी० प्रवेश गरेका थिए । तर, स्थानीय तह उपनिर्वाचनअघि कात्तिक अन्तिम साता पुनः एमालेमा फर्किएर उम्मेदवार बनेका थिए ।

सोमबार सकिएको मतगणनामा नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ मत प्राप्त गरे । रास्वपाका प्रकाशकुमार बुढाले ११२, नेमकिपाका दुर्गबहादुर मगरले ५३, राप्रपाका सुर्जे रावतले ३१, र नेकपा एकीकृत समाजवादीका जगत हमालले ४ मत प्राप्त गरे । पछिल्ला चार उम्मेदवारको धरौटी जफत भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस