राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २, बुधबार (५ महिना अघि)
  • ९० पटक पढिएको
राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

माघ २, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेकामध्ये राष्ट्रपति पौडेलले चारवटा यसअघि नै जारी गरेका थिए । अध्ययनका लागि भन्दै रोकिएको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन् ।

#भूमिसम्बन्धी अध्यादेश

ताजा अपडेट

खोजी गर्नुहोस