राष्ट्रपतिद्वारा ३ देशका लागि गैरआवासीय राजदूत नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २, बुधबार (४ महिना अघि)
  • ६३ पटक पढिएको
राष्ट्रपतिद्वारा ३ देशका लागि गैरआवासीय राजदूत नियुक्त

माघ २, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३ नेपाली राजदूतलाई अन्‍य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले भरतराज पौडेललाई गणतन्त्र क्‍यूवा, धनबहादुर ओलीलाईलाई भियतनाम र निर्मल राज काफ्लेलाई भेनेजुएलाको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

क्‍यानाडाका लागि भरतराज पोखरेल, थाइल्याण्डका लागि धनराज ओली र ब्राजिलका लागि निर्मलराज काफ्ले आवासीय राजदूत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस