देउवाले आज कांग्रेसका मन्त्रीहरुसँग छलफल गर्ने

देउवाले आज कांग्रेसका मन्त्रीहरुसँग छलफल गर्ने

माघ ३, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूसँग आज सामुहिक छलफल गर्दैछन् । सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि सभापति देउवाले मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । छलफल बिहान ९ बजे जनाइएको छ ।

मन्त्रीसँगै संसदीय दल कार्यसमितिसँग पनि उनले संयुक्त छलफल गर्ने उनले बताए । देउवाले सरकारका कामलाई प्रभावकारी बनाउन यसअघि पनि निवासमा बोलाएर मन्त्रीहरूसँग छलफल गरेका थिए । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको काम प्रभावकारी बनाउन र समन्वय गर्नेगरी गत भदौदेखि दुई÷दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । दुई ठूला दलको संयुक्त सरकारले प्रभावकारी नतिजा नदिएको भन्दै सरकारमाथि दबाब पर्दै आएको छ । कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री सरकारमा छन् । सरकारको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् ।

#कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस