माघ ३, काठमाडौँ । संघीय संसद्का विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।
हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुसालको २ सदस्सीय कार्यदल बनाएको छ । पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ । समय र स्थानबारेमा भने अहिलेसम्म खुलाइएको छैन् ।