गोली हानेर ९ लाख रुपैयाँ लुटपाट ! घाइतेले अस्पतालमा भने-‘प्रहरी बने रमिते’

Post Thumbnail

जेठ १३ , कैलाली। कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुटपाट भएको छ । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि पुरानो भन्सार रोडमा गोली प्रहार भएको हो ।

बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको रकम लुटेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

छाती र पाखुरामा २ गोली लागेर घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली शरीरमै रहेकाले थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ । भारतसँग सीमा नाका जोडिएका स्थानलाई सिल गरेर गोली हान्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रहरी बने रमिते

देश ७ को अस्थायी राजधानी धनगढीको बीच बजारमा आइतबार एक जना व्यक्तिलाई दिनदहाडै गोली हानेर रकम लुटिएको छ । गोली लागेर घाइते निर्मल कुमार कार्कीले आफू गोली लागेर ढल्दा पनि नजिकै रहेका प्रहरी र स्थानीयबासी रमिते बनेको बताए ।

कार्कीको पाखुरा र छातिमा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पेस्तोलको गोली बरामद गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस