काठमाडौंको तापक्रम घट्ने क्रम रोकिएन, आज बिहान ४ दशमलव ४ डिग्री सेल्सियसमा झर्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २३, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं ।  काठमाडौं । काठमाडौंको तापक्रम घट्ने क्रम रोकिएको छैन । शनिबार ५ दशमलव २ मापन गरिएको काठमाडौंको तापक्रम आइतबार बिहान ४ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

४० वर्षअघि सन् १९७८ को जनवरी ११ मा काठमाडौंको न्युनतम तापक्रम अहिलेसम्मकै कम माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको थियो ।

यस्तै आइतबार दिउँसो पहाडी भेगमा आंशिक बद्लीको सम्भावना रहेको छ भने पूर्वी र पहाडी भेगका १,२ ठाउँमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सफा रहने मौसमविद् सुवास रिमालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस