आजको मौसम : बिहानमा हुस्सु, दिउँसो आंशिक बदली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २१, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाडौं । विशेषगरी देशका पश्चिमी क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभाव तथा भौगोलिक अवस्थितिको प्रभावका कारण पश्चिमको मौसम आंशिकदेखि पूर्ण बदलीको अवस्थामा रहने देखिएको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए। यस्तै मध्य तथा पूर्वी क्षेत्रमा विशेषगरी पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ ।

तराईका क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले बताए । तर मध्य तथा पूर्वका क्षेत्रमा पानी पर्ने सम्भावना देखिएको छैन । पश्चिमका उच्च पहाडी भेगमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रको मौसम दिनभर आंशिक बदलीको अवस्थामा हुनेछ । काठमाडौँ उपत्यकामा शनिबार बिहानको न्यूनतम तापक्रम १.६ डिग्री मापन भएको छ ।

दिउँसो तापक्रम बढेर १५ देखि १७ डिग्रीसम्म पुग्न सम्भावना रहेको मौसमविदले बताएका छन् । तराईका क्षेत्रमा भने पश्चिमी वायुको प्रभाव परेकाले बिहानमा हुस्सु तथा कुहिरो देखिए पनि दिउँसो मौसम सफा नै रहने मौसमविद अर्यालले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस