गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर ! अवैध आय १८ करोड ६६ लाख

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २३, सोमबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पुस २३,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

खड्काले नेपाल बयल निगमको कार्यकारी निर्देशक हुँदा र त्यसअघि सरकारी सेवामा रहँदा आफ्नो वैध आय भन्दा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ बढी आर्जन गरेको अख्तियारको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस