मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना नेपालीको उद्धार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ २५, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २५, काठमाडौं । काठमाण्डौ ( मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना नेपालीको उद्धार गरिएको छ ।

विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मणिपुरको इम्फाल पुर्‍याइएका ३२ पुरुष र १४७ महिलालाई उद्धार गरिएको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सुलर (सहचारी) प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरुको उद्धार गरेको प्रहरीले बिहीबार जनाएको छ ।

उद्धार गरिएकालाई नेपाल ल्याउन प्रक्रिया सुरु गरिएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मणिपुरमा पहिलो यस्तो घटना भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उनीहरुलाई नेपाल ल्याइएपछि थप कारण खुल्ने बताए ।

विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको भन्दै सुवेदीले यसका बारेमा भारतका प्रहरीसँग समेत सूचना सङ्कलन गरिने जानकारी दिए। रासस

ताजा अपडेट

खोजी गर्नुहोस