वसन्तपुर दरबार स्क्वायर उपत्यकाका सात सम्पदा, विश्वसम्पदा सूचीबाट हट्ने उच्च जोखिममा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ २८, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको पुनर्निर्माणमा आवश्यक मापदण्डलाई ख्याल नगरी जथाभावी निर्माण गरिँदा ती महत्वपूर्ण सम्पदाहरू उच्च जोखिमा परेका छन्।

जसका कारण विश्वसम्पदा सूचीबाटै हट्ने खतरा बढेको छ।

पुनर्निर्माणमा सरकारी निकायको लापार्बाही र चरम बेवास्ताले गर्दा ती सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेको हो।

यसरी, उच्च जोखिममा परेका सम्पदामा काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारायण रहेका छन्।
युनेस्कोले काठमाडौं उपत्यकालाई एक क्षेत्र मानेर यी सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको थियो।

पछिल्लो समय पशुपतिनाथलगाायतका सम्पदामा पुनर्निर्माणका क्रममा आवश्यक मापदण्डलाई ख्याल नगरिँदा ती सम्पदा जोखिममा परेको पुरातत्व विभागले जनाएको छ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार यसअघि समेत सन् २००७ मा अव्यवस्थित सहरीकरण तथा व्यवस्थापनमा देखिएको समन्वय अभावको कारण देखाई यसमा सुधार गर्न युनेस्कोले सुझाव दिएको थियो । सुधार नगरे विश्वसम्पदा सूचीबाटै हट्नेसम्मको चेतावनी युनेस्कोले दिएको थियो।

अहिले पनि पशुपति क्षेत्रको पुनर्निर्माणमा मापदण्ड नबनाई मनलागी ढंगबाट निर्माण गर्न थालेपछि युनेस्कोले पुनः चेतावनी दिन सक्ने विभागका प्रवक्ता कुँवरले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस