जनता बैँकद्धारा भरतपुर आँखा अस्पताललाई भौतिक सामाग्री सहयोग

Post Thumbnail

बैशाख ३१,काठमाडौँ । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत भरतपुर आँखा अस्पताल,चितवनलाई २ लाख ६० हजार बराबरको २० थान थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित गैर नाफामुलक अस्पताल हो । यस अस्पतालले चितवन लगाएत आसपासका जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा संचालन गरिरहेको छ ।
यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नै वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई रु. ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराइएको छ । जनस्तरबाट संचालित उक्त क्याम्पसमा करिव ५०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस