जेठ ३० काठमाडौँ । मकवानपुरको भिमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै गएराति कारले मोटरसाइकलाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ ।
काठमाण्डौबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत ३० वर्षीय विवेश तामाङको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाण्डौ लेराईएको थियो ।
उनको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए । ठक्कर दिने कार तथा कार चालक भक्तपुर सूर्यवनायक बस्ने ३४ बर्षीया सुजिता श्रेष्ठलाई पैहरीले नियन्त्रणमा लिएको छ । ।