महिलालाई काँटी घोप्ने आक्रमणकारी भन्छन– ‘रमाईलोको लागी यो सब गरेको ‘

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १४, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १४,काठमाडौँ । महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा परे । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ ।

आक्रणकारी पक्राउ नपर्दा पीडितहरु तथ तनावमा थिए । आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकारेका छन् ।

उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे ।

घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे । घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख ९एसएसपी० सहकुल थापा भन्छन्, ‘उनले सुरुमा काठ र पछि काँटीले घोपेको हुँ भनेका छन् । यसबारे हामी थप अनुसन्धान गर्दैछौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस