तीन दिनदेखि बेपत्ता महिला मृत फेला

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ कार्तिक २०, बुधबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

कात्तिक २०, तनहुँ । तीन दिनदेखि बेपत्ता महिला मंगलबार मृत फेला परेकी छन्।

तनहुँको व्यास नगरपालिका–५ अलैँचेकी ४५ वर्षीया गीता सुनार मृत भेटिएकी हुन्।

शनिबारदेखि हराइरहेकी सुनार घर नजिकैको खोल्सामा मृत भेटिएकी व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो। सुनारको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस