सवारी दुर्घटना न्युनिकरण तथा ब्यवस्थापन सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया

Post Thumbnail

पौष ५, धादिङ । सवारी दुर्घटना न्युनिकरण तथा ब्यवस्थापन सम्बन्धी एक दिने बैठक धादिङको गजुरीमा सम्पन्न भएको छ । धादिङको गजुरी गाँउपालिका वडा नं १ स्थित साना किसान बिकास लघुबित्त बित्तिय सस्थाको सभाहलमा भएको कार्यक्रममा गजुरी गाँउपालिका प्रमुख राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षताको अध्यक्षता रहेको थियो । कार्यक्रममा दुर्घटना कम कसरी गर्न सकिन्छ ? दुर्घटना न्युनिकरण गर्न चालकहरुको भुमिका कस्तो हुने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने लगायतका बिषयमा छलफल भएको थियो । कार्यक्रममा ट्रिफरले दुर्घटना बढेको नभई सिमित रुपमा कच्चा उमेरका चालकको लापरबाहि तथा बाटोको अबस्था रहेको बताईएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्र।उ।रबिन्द्र रेग्मी‚ सुरक्षा निकायका प्रमुखहरु‚ गजुरी‚ गल्छी र बेनिघाट रोराङ गा।पा।का अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख‚ जि.ट्रा.प्र.का गजुरी धादिङका प्रमुख, स्थानिय निकायका जनप्रतिनिधिहरु, यातायात व्यवस्थापन कार्यालयका प्रतिनिधि, यातायात व्यवसायीहरु, उद्योग बाणिज्य संघका प्रतिनिधी, सडक डिभिजन कार्यालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका व्यक्तित्व, सञ्चारकर्मीहरु समेत गरी जम्मा ७५ जनाको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस