पौष २०, रुपन्देही । गृहकार्य नगरेको भन्दै रुपन्देहीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा रहेको ज्ञानदिप बोर्डिङ स्कूलका शिक्षक शैलेन्द्र बरईले विद्यार्थी पिटेका हुन् ।
गृहकार्य विद्यार्थी धुनियाले गर्न नसकेर विद्यालय जाँदा उनीमाथि कुटपिट गरिएको परिवारले जानकारी दिएको छ । विद्यार्थी धुनियाँको उपचार स्थानीयस्तरमा सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । कक्षा पाँचमा अध्ययनरत् तौफिक धुनियालाई कुुटपिट गरी गम्भीर घाइते बनाएको जानकारी दिइएको छ । कुुटाइबाट विद्यार्थी धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । गएको बुधबार पनि घटना शनिबार मात्रै बाहिर आएको हो । विद्यार्थी कुटपिट गर्ने बरई शिक्षक फरार रहेका छन् । सोही दिनदेखि एक हप्ताका लागि विद्यालय पनि बन्द गरिएको छ ।