पौष २३, काठमाण्डौँ । सरकारले यो वर्ष ६० हजार बेरोजगार युवालाई एक सय दिनको रोजगारी दिने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन महिने कार्ययोजना सार्वजनिक गर्दै ६० हजार बेरोजगार युवालाई सय दिनको रोजगारी दिने उल्लेख गरेको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तीन महिने कार्य योजना प्रस्तुत गरेका हुन् ।