साउदीमा २४ नेपाली कामदार अलपत्र

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ अषाढ ३१, बिहिबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौं । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका छन् ।

कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको बताएका छन् ।

कम्पनीले कामबाट निकालेपछि रोजगार बिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको अर्घाखाँचीको मालारानी स्थायी घर भएका पीडित नेत्र विसीले बताएका छन् । उनका अनुसार साउदीस्थित नेपाली दूतावासलाई पटक/पटक फोन गरेर जानकारी गराए पनि वास्ता गरिएको छैन । करिव दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएको उनले बताएका छन् ।

नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको नेपाली यूवाको गुनासो छ । बिसीका अनुसार साउदीमा प्रयोग हुने अकमा कार्ड कम्पनीले नवीकरण नगरिदिएपछि उनीहरु अदालत पुगेका थिए ।

अदालतले नवीकरण गर्न र सम्पूर्ण तलब पूर्ती गर्न आदेश दिएपनि कम्पनीले आदेश पालना नगरेको युवाहरुको भनाइ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस