माडीमा आगलागी,६० लाखभन्दा बढीको धनमाल क्षति

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र ४, शुक्रबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

 

चैत ४, चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीका माधव लामिछानेको घर, गोठ र कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ः३० बजे आगलागी भएको हो । आगलागीबाट ६० लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

घरधनी लामिछानेका अनुसार आगलागीमा धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दाना नष्ट भएको छ । साथै एउटा फ्रिज, टेलिभिजन, डिजिटल मेसिन, तीन वटा सोलार प्यानल, तीन वटा ब्याट्री, एउटा इन्भर्टर पनि नष्ट भएका छन् । यस्तै ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन समेत नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । स्थानीय, नेपाल प्रहरी र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस