नागढुंगा नौबिसे सुरुङमार्ग तोकिएको समयमा सम्पन्न नहुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष १, काठमाण्डौ । नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण तोकिएकै मितिमा सम्पन्न नहुने भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिन ६ महिना बाँकी रहँदा आधा पनि काम नसकिएपछि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न नहुने देखिएको हो । आयोजनाको पछिल्लो पटक थपिएको म्याद २०८० जेठ महिनामा सकिँदै छ। तर, यो समयमा अहिले बाँकी रहेको काम सकिने सम्भावना छैन। निर्माण आयोजनाका प्रमुख माधव अधिकारीका अनुसार काम निर्धारित समयमा नसकिने भएपछि आयोजनाको म्याद पुनः थप्नुपर्ने छ ।

भौगोलिक समस्याका कारण निर्धारित समयमै काम सक्न समस्या भएको अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘सुरुङ्मार्ग निर्माणको क्रममा अपेक्षा गरिए अनुसारको चट्टान फेला परेन त्यसकारण तोकिएको समयमै काम नसकिने देखियो।’’

सुरुङमार्ग निर्माणको तीन वर्ष पूरा हुँदा भौतिकतर्फ ४६.२६ प्रतिशत र वित्तीयतर्फ ४८.८३ प्रतिशत प्रगति भएको छ। निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि आयोजनाको ५४ प्रतिशत काम बाँकी छ। कोरोना महामारीका कारण सुरुमा आयोजनाको म्याद तीन महिना थपिएको थियो । साढे दुई वर्षमा सक्नेगरी २०७६ कात्र्तिकमा आयोजनाको निर्माण सुरु गरिएको थियो। अहिले आयोजनाको ६ देखि नौ महिना म्याद थप्ने तयारी भइरहेको अधिकारीले बताउनुभयो। अधिकारीले भन्नुभयो, ‘यस आयोजनाको निर्माण तोकिएको समयमा नसकिने भएपछि फेरि म्याद थप्ने कुरा अघि बढेको छ। कम्पनीले ६ देखि नौ महिना म्याद थप गर्न प्रस्ताव गरेको छ।’

ताजा अपडेट

खोजी गर्नुहोस