लोकन्थलीमा जब ड्राइभरले बस सडकमा तेर्स्याइदिए..

Post Thumbnail

चैत्र १५,काठमाडौँ । भक्तपुरको लोकन्थली चोकमा एक जना चालकले बस तेर्स्याइदिएर भागेपछि अवरुद्ध भएको सडक प्रहरीले खुलाएको छ । ट्राफिक प्रहरीसँग विवाद भएपछि आज बिहान एक चालकले बा ५ ख ६६७४ नम्बरको बसलाई बाटो नै अवरुद्ध हुने गरी तेर्स्याएका भागेका थिए ।

‘ट्राफिक प्रहरीको कारबाहीको विषयलाई लिएर विवाद भएको थियो, त्यसपछि चालकले बस नै सडकमा तेर्स्याएर हिँडेछन्,’ जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले भने, ‘अहिले बाटो खुलाइसकियो ।’

बसको ह्याण्डिल लक गरिएको र चाबी पनि चालकले नै लिएर भागेपछि बसलाई हटाउन केही समय लागेको थियो । बाटो अवरुद्ध हुँदा सवारी साधनको जाम भएको थियो । सो बसका यात्रुहरु भने अरु गाडी चढेर गन्तव्यमा लागेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस