आजको मौसम : पश्चिम तराई तथा पहाडी भूभागका थोरै स्थानमा हावाहुरीसहित पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ९, शनिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख ९, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । सोही मौसमी प्रणालीका कारण हाल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार शनिवार दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ । अपरान्हपछि पश्चिम तराईका केही तथा पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस