२२ घण्टापछि पाटेबाघ नियन्त्रणमा, बेपत्ता महिलाको शव फेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ९, शनिबार (२ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

वैशाख ९, काठमाण्डौँ ।  कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको छ ।
चन्दको शव २२ घन्टापछि आज बिहान फेला परेको हो । शव आक्रमण गरेको केहि पर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए ।

उनको शवलाई अहिले अस्पताल लग्ने तयारी भइरहेको डाँगीले बताए। शुक्रवार बिहान चन्दलाई बाघले आक्रमण गरेको हो । गाउँका अरु महिला पनि घाँस काट्न खप्टिनाला क्षेत्रमा गएका थिए।तर चन्दलाई बाघले आक्रमण गरी लगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस