नेपालमा थप ८१ जनामा कोरोना सङ्क्रमण, कति छन् आईसीयु र भेन्टिलेटरमा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १०, आईतबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख १०, काठमाण्डौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३०६ जनाको स्वाब परीक्षण गर्दा ८१ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ७८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५४ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७० जना छ । सक्रिय सङ्क्रमितमध्ये २२ जना आइसोलेसन, ३ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस