विद्या भूषणबाट ९ सय ६२ जना विभूषित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २, काठमाण्डौँ । सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विभूषित हुनेहरूको नामावली प्रकाशन गरेको छ ।

विभूषित हुनेहरूमा नेपाल विद्या भूषण क तर्फ ७ सय ९० जना, नेपाल विद्या भूषण ख तर्फ ७१, नेपाल विद्या भूषण ग तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक क तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ख तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९ सय ६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस