आज कोशी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० आश्विन ३, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

आश्विन ३,काठमाडौँ । आज कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । राति ठूलो वर्षा हुने ठाउँका नदी तथा खोलामा बाढी आउने चेतावनी दिइएको छ ।

यस्तै, पहिरोको जोखिम समेत रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ । यस्तै, आज पनि ठाउँ ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेकाले खेतबारीको काम गर्दा र यात्रा गर्दा सचेत हुन मौसमविद्को सुझाव छ।

ताजा अपडेट

खोजी गर्नुहोस