आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौं महानगरले कारबाही गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ३, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने भएको छ ।

विभिन्न माग राख्दै देशैभरका शिक्षकहरू काठमाडौंमा आन्दोलित भएपछि महानगरपालिकाले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारे त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो।

महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ ।

आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको भएको भन्दै महानगरले तर, आन्दोलनको नाममा विद्यालय नै बन्द गरिनु नहुने बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस