आन्दोलनरत शिक्षक र सरकारबीच १२ बजे वार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ५, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौँ । आन्दोलनरत शिक्षकहरुसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको बार्ता चार घन्टा पर सरेको छ ।
असोज ३ गते देखी देशैभरीका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएको थियो।

बिहिबार बिहान र राती भएको बार्ता निष्कर्षबिहिन भए पछि आज बिहान ८ बजेका लागि बोलाईएको थियो । तर, सो वार्ता अब १२ बजेसम्ममा सिंहदरबारमा हुनेछ ।

शिक्षकहरुको मागका बारेमा सरकारले आन्तरिक छलफल गर्न अझै बाँकी रहेको भन्दै थप समय मागेपछि बार्ता १२ बजेका लागि सारिएको हो । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीको अनुसार यतिखेर सरकार र आन्दोलनरत शिक्षक दुबै आन्तरिक छलफलमा जुटेका छन ।

सो अघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, शिक्षा मन्त्री अशोक राइलगायतले बिहान एक चरण आन्तरिक छलफल गरेका थिए । सो छलफल पुर्ण नभए पछि थप समय माग गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस