सोलुखुम्बुमा एक विदेशी नागरिक मृत फेला

Post Thumbnail

कात्तिक ८,सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा एक विदेशी नागरिक मृत फेला परेका छन् । सगरमाथा क्षेत्रको भ्रमणमा आएका चेक रिपब्लिकका ४६ वर्षीय पुरुष जनरोसको शव चोलापिक हिमाल क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार चोलापिक हिमाल चढेर फर्किएका जनरोस बुधवार दिउँसो अन्दाजी १ बजे हिमालभन्दा करिब पाँच सय मिटर तल मृत भेटिएका हुन् । मृतकको शव बिहीवार अल्टिच्युट हेलिकप्टरले उद्धार गरेर लुक्ला ल्याइ काठमाण्डौ पठाउने प्रकृया अघि बढाएको बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्र्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

त्यस्तै सोलुखुम्बुको मेरापिक क्षेत्रमा पर्यटक भरिया सुतेकै ठाउँमा मृत भेटिएका छन् । ज्यान गुमाउनेमा जिल्लाको सोताङ गाउँपालिका–१ बर्बोटेका २९ वर्षीय शम्भु विक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार महाकुलुङ गाउँपालिका–१ खारेको मेरापिक क्षेत्रमा पर्यटक भरियाको रुपमा ट्रेकिङ गएका विक बुधवार महाकुलुङ–१ को पुच्छर होटलमा बास बसेका थिए । विकलाई त्यसै होटलमा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस