मकवानपुरमा सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २७, सोमबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

कार्तिक २७, हेटौँडा । मकवानपुरमा सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का २२ वर्षीय महेन थापा र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय लक्ष्मण स्याङ्तान रहेका छन् ।

आइतबार राती हेटौँडा ११ मा मोटरसाइकल दुर्घटनामा थापाको ज्यान गएको हो भने मोटरसाइकलमा सबार हेटौडाका बेबिशा खड्गी र विनीता थापा रहेका छन् । गए राती नै भएको अटो दुर्घटनामा स्याङ्तानको मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस