बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २९, बुधबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कार्तिक २९, काठमाडौँ । प्रत्येक वर्ष भाइटिकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधबार बिहानैदेखि खुल्ने भएको छ । भाइटिकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

मन्दिर वर्षमा एक दिन भाइटिकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

‘सम्पूर्ण तयारी पूरा भएको छ, महानगर प्रहरीले व्यवस्थापनको पाटो मिलाउनेछ’, पाण्डेले भने । भाइटिकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानी पोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस