प्रधानमन्त्रीद्वारा उद्‌घाटन

पत्रकार महासंघको महाधिवेशन सुरु

महासंघको महाधिवेशन शुक्रबार र शनिबार हुने
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २१, शुक्रबार (२ हप्ता अघि)
  • ५० पटक पढिएको
पत्रकार महासंघको महाधिवेशन सुरु

बैशाख २१, काठमाण्डौँ । नेपाल महासङ्घको २७औँ अधिवेशन काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्य सहभागी छन् । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासङ्घको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको थियो ।

महासङ्घको २७औँ अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरूको सहभागिता थियो ।

त्यस्तै, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाललगायत सङ्घ सङ्गठनका पदाधिकारी तथा सदस्यको सहभागिता थियो।

महासंघको महाधिवेशन शुक्रबार र शनिबार हुनेछ । महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ । आमसञ्चार क्षेत्रको समसामयिक समस्या, चुनौती र सम्भावनालाई समेत महाधिवेशनमा छलफलको विषय बनाउने र निष्कर्षमा पुग्ने महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस