भारत मधुवनीमा लोकसभा चुनाव हुँदै

जयनगर–जनकपुर–भंगहा रेल सेवा तीन दिन बन्द

जयनगर–जनकपुर–भंगहा रेल सेवा तीन दिन बन्द

बैशाख २३, काठमाडौँ । जयनगर–जनकपुर–भंगहा रेल सेवा आजदेखि तीन दिन बन्द हुने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत बोर्डर सिल गर्न लागेकाले जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिनसम्म बन्द हुने भएको हो ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा वैशाख २५ गते लोकसभा चुनाव हुँदैछ । चुनावको ४८ घण्टा अगाडि बोर्डर सिल गर्नुपर्ने भएकाले आइतबारदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस