ग्वार्को आगलागी : घाइते दुई बालिकाको उपचारका क्रममा ज्यान गयो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ बैशाख २५, मंगलबार (१ हप्ता अघि)
  • ६९ पटक पढिएको
ग्वार्को आगलागी : घाइते दुई बालिकाको उपचारका क्रममा ज्यान गयो

बैशाख २५,काठमाडौँ । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा ज्यान गएको छ । पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

अन्य दुईजनाको गम्भीर अवस्थामा उपचार भैरहेको र अर्का एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । प्रवक्ता सुवेदीका अनुसार ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा उपचार भैरहेको छ । अर्का घाइते नित गिरीलाई वार्डमा सारिएको छ ।

केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शंकर र रमेश पहरीको ज्यान गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस